सिरहा । सिरहा क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभाका उम्मेदवारहरु बनेकाहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् ।
सिरहा क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका संजय प्रकाश यादवले आफ्नो चुनावी प्रचारप्रसारलाई जोड दिएका छन् । काँग्रेस उम्मेदवार यादवले सिरहा नगरपालिका वडा नम्बर ७ र ९ मा घरदैलो सम्पन्न गरेका छन् । उम्मेदवार यादवले यसपालीको चुनावमा आफूलाई अत्याधिक मत दिई विजय गराउन मतदातासँग आग्रह गरेका छन् ।
देशमा लोकतन्त्र स्थापनामा, संविधान निर्माणमा नेपाली काँग्रेसले ठूलो भूमिका खेलेको भन्दै काँग्रेस उम्मेदवार यादवले यसपाली आफूलाई जिताएर प्रदेशसभामा पठाउन मतदातासँग आग्रह गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा पूर्वाधार विकाससँगै प्रदेशमा कानून बनाउनमा विशेष भूमिका खेल्नुपर्ने आवश्यकता रहेको भन्दै काँग्रेस उम्मेदवार यादवले यस महत्वपूर्ण घडीमा नेपाली काँग्रेसलाई नेतृत्वमा पुर्याउन आवश्यकता रहेको बताए ।

यस्तै नेकपा एसका प्रदेश सभाका उम्मेदवार कानूनमन्त्री प्रमोद कुमार यादव, जसपा उम्मेदवार रेणु यादव, जनमत पार्टीका उम्मेदवार ज्ञानु यादव, एमाले बागी उम्मेदवार गोपाल प्रसाद यादव र स्वतन्त्र उम्मेदवार डा प्रविण यादवले चुनावी अभियान अन्र्तगत घरदैलो सम्पन्न गरेका छन् ।



