सिरहा  । सिरहा जिल्लामा चुनावी सरगर्मी बढेको छ । सिरहा क्षेत्र नम्बर ४ (ख) मा प्रदेश सभाका उम्मेदवारहरुले धमाधम चुनावी अभियानलाई जोड दिएका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (ख)मा एमाले–जसपा गठबन्धन अन्र्तगत प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका जसपाका सुरेश मण्डल बलियो स्थितीमा छ । घरदैलो कार्यक्रमलाई तिब्रता दिएका मण्डलले विहिवार बिष्णुपुर गाउँपालिका वडा नं. ३ नवटोली, अमहा गढिया, राजपुर, कल्याणपुर नगरपालिका वडा नं.१ बनिनियाँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

पूर्व पर्यटनराज्य मन्त्री भएर लोकप्रिय काम गरेका युवा नेता मण्डल यसपाली चुनाव पुनः जित्ने सम्भावना रहेको छ । नेकपा एमाले र जसपाको गठबन्धन बनेपछि पूर्वराज्यमन्त्री मण्डललाई सजिलो भएको छ । मण्डल यसअघि २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट सिरहा ४ (ख)बाट विजयी भएका थिए । युवा माझ लोकप्रिय एवं बौद्धिक नेताको रुपमा मण्डल परिचित छन् । मधेश आन्दोलनदेखि विभिन्न आन्दोलनहरुमा सक्रिय सहभागिता जनाउँदै आएका पूर्वराज्यमन्त्री मण्डल विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिसम्म पुगेका छन् । एक इमान्दार, स्वच्छ छवि र बौद्धिक युवा नेताको रुपमा स्थापित गराएका छनबनेका छन् ।

‘मरे तो मुक्ति, जिये तो मधेश’ मूल राजनीतिक नाराका साथ राजनीतिमा लागेका मण्डल मूलधारको राजनीतिमा आउन निकै संघर्ष गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार मण्डलले मधेश आन्दोलनको उपलब्धिहरु संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व र आरक्षणलाई संस्थागत/स्थायित्व रक्षा गर्ने प्रतिबद्धता अगाडी सारेर चुनावमा होमिएका छन् ।
यसै क्षेत्रबाट मण्डलकै सहयात्री राम बाबू यादव लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् । कल्याणपुर नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले उम्मेदवारीमा घात गरेपछि उनी असन्तुष्ट बन्दै लोसपा प्रवेश गरे । लोसपाबाट आफ्नै पूर्व सहकर्मीसँग यादव चुनावी मैदानमा छन् ।

क्षेत्रको अवस्था
सिरहा क्षेत्र नम्बर ४ ‘ख’ मा ५० हजार ३७५ मतदाता रहेका छन् । पुरुष २६ हजार ७१९ र महिला २३ हजार ६५६ रहेका छन् । कल्याणपुर नगरपालिकाको सवै वडा, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाको केही वडा रहेको छ । यस क्षेत्रमा ३२ मतदान स्थल र ६१ मतदान केन्द्र ६१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय