पाल्पामा एक जनाको लडेर ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजालीको गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो ।
सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब तीन सय मिटर तल खसेर घाइते भएका थिए ।




