केही दिनअघि मात्र ट्विटर खरिद प्रक्रिया सकाएका अमेरिकी व्यवसायी तथा धनाढ्य एलन मस्कले ट्विटर भेरिफिकेसनका लागि ८ डलर लाग्ने बताएका छन् ।

उनले ट्विटरमा नै कम्प्लेन गर्नेहरुले गररहँदा हुने तर यसका लागि मूल्य ८ डलर हुने लेखेका छन् ।

यसअघि ट्विटरले भेरिफिकेसन (नीलो टिका)का लागि मासिक २० डलर लिन सक्ने चर्चा आएको थियो । तर, यो अत्यन्त महँगो हुने भनेपछि ८ अमेरिकी डलर प्रतिमहिना लाग्ने बताइएको छ ।

यसअघि मस्कले नै ट्विटरले विज्ञापनमा मात्र निर्भर हुन नसक्ने भन्दै अर्को ट्विट पनि गरेका थिए ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय