सिरहा । मधेश आन्दोलनको पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा लागेका मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं सिरहा ४ (ख) का उम्मेद्वार सुरेश मण्डलले अबको संघर्षले अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यार्थी राजनीतिबाट खारिएका, प्रष्ट वक्ता र उच्च शिक्षा हासिल गरेका मण्डल भन्छन्, ‘हिजोको संघर्षले व्यवस्था परिवर्तन गरें, अबको संघर्षले अवस्था परिवर्तन गर्नेछु ।’

जनतालाई प्रत्यक्ष विकासको अनुभूति गराउन आफ्नो पुनः उम्मेद्वारी रहेको बताउँदै क्षेत्र र जनताको समस्या सदनमा आवाज बुलन्द गर्ने क्षमता दक्षता प्रदर्शन गर्ने बताएका छन् ।
मधेश प्रदेश नामाकरण र जनकपुरधाम राजधानी कायम गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वराज्यमन्त्री मण्डल शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ आफ्नो प्रमुख एजेण्डा रहेको बताउँछन् ।
सामाजिक तथा पारिवारिक स्तरमा जनतासँग घुलमिल भएका मण्डल एक योग्य उम्मेदवार हुन् ।
ऐतिहासिक मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीबाट प्राप्त उपलब्धि र अवसरलाई जनताको घरदैलोमा पु¥याउन, न्याय र नैतिकतामा आधारित समतामूलक समाज निर्माण गर्न आफूले सशक्त भूमिका निर्वाह गर्ने बताए ।
यसैगरी, सामाजिक न्याय र सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र समावेशी बनाउन, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत सीमान्तकृत र पछाडी परेका वर्ग तथा समुदायलाई संविधान प्रदत्त हक र अधिकारलाई स्थापित गराउन संघर्ष गर्ने बताएका हुन् ।



