सिरहा । सिरहा नगरपालिका वडा नं. ६ मा ‘उज्यालो गाउँ’ अभियान अन्तर्गत विभिन्न स्थानमा सडक बत्ती जडान गरी गाउँघर उज्यालो बनाउने अभियान चलाइएको हो । त्यसक्रममा वडाका विभिन्न स्थानमा लाइट जडान धमाधम भइरहेको छ ।
गाउँघरमा जुनसुकै समय पनि हुनसक्ने चोरी र आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै गाउँ, सडक क्षेत्र उज्यालो बनाउन सडकमा बत्ती जडान गर्न थालिएको हो ।

गाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ ‘उज्यालो गाउँ’ अभियान सञ्चालन गरेको सिरहा नगरपमलिका वडा नं. ६ का कान्छा युवा वडा अध्यक्ष इ्रन्द्रजित यादब गोठियाँले जानकारी दिए ।



