काठमाडौं, पर्सा र पोखराबाट लागुऔषध नियन्त्रण ब्यूरोले २१ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट खैरो हेरोइन, गाँजा र नियन्त्रित एम्पुल बरामद गरिएको लागुऔषध नियन्त्रण व्युरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए ।
खैरो हेरोइन ३३ दशमलव ४ ग्रामसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ग्याल्जेन शेर्पा, इलाम घर भएका दिनेश तामाङ, सिर्जना राई र कृष्ण तामाङ छन् । नुवाकोट घर भएका सरोज राई, सर्लाही घर भएका रन्जित गोले र नुवाकोट घर भएका कृष्णबहादुर राई खैरो हेरोइनसहित पक्राउ परेका छन् ।




