सिरहा । नेकपा एमाले पार्टिबाट सिरहा क्षेत्र नं. ३ प्रदेशसभा ‘ख’ को स्वतन्त्र उमेदवार गोपाल यादबलाई निष्काशन गरको छ ।
एमाले र जसपा नेपालको गठबन्धनका तर्फबाट जसपा नेपालको उमेदवार रेनु कुमारी यादबको विरुद्ध स्वतन्त्र वागी उमेदवारी दिएको हुँदा पार्टीको विधानको धारा ८० को ६ अनुसार पार्टीबाट निष्काशन गरिएको पत्रकार समेलन गरी नेकपा एमालेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले प्रेष विज्ञप्ती जारी गर्दै बताए ।
स्वतन्त्र उमेदवार यादब लगायत गठबन्धन बाहेको कुनै पनि दल तथा उमेदवारलाई कुनै प्रकारको सहयोग नगर्न नगराउने पार्टीका कार्यकर्ताहरुलाई अनुरोध गरे । यदि पार्टीको विधान विपरित कार्य गरेमा करवाही हुने पनि विज्ञप्ती मार्फत सचेत गराएका हुन ।
गठबन्धनका प्रतिनिधी सभा सदस्यका उमेदवार पूर्वमन्त्री लिलानाथ श्रेष्ठको चुनाव चिन्ह सुर्य एवं प्रदेश सभा सदस्याका उमेदवार रेणु कुमारी यादबको चुनाव चिन्ह छाता छापमा मतदान गर्न गराउन पार्टीका कार्याकर्ताहरुलाई अध्यक्ष मण्डलले अनुरोध गरे ।

जसपाबाट गठबन्धन विरुद्धमा सिरहा जिल्ला भित्र वागी उमेदवार बनेकाहरुलाई पार्टीले करवाही गरिसकेको र अहिले त्यस्ता कुनै पनि गठबन्धन विरुद्धमा उमेदवारी नरहेको जसपा जिल्ला अध्यक्ष अशोक कुमार यादब बताए ।



