मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरु आफै राजीनामा नदिने पक्षमा पुगेका छन् ।
‘हामी राजीनामा गर्दैनौं, मुख्यमन्त्रीले हटाए हटाउनुहोस्’ भौतिक पूर्वाधार विकास मन्त्री तथा मधेस प्रदेशका कांग्रेस नेता समेत रहेका रामसरोज यादवले रातोपाटीसँग भने, ‘हामी किन राजीनामा दिने ?’ मधेस प्रदेश सरकारमा कांग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् ।




