भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ । भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।
यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले एक दम्पती भगवल सिंह र लैलासँग शफी उर्फ रशिदलाई हिरासतमा लिएको छ र यी तीनजनामाथि भएको सोधपुछमा प्रहरीले यसबारे चकित पारिदिने जानकारी पाएको छ । कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ‘पद्मको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो। जबकि अर्की महिलाको जूनमा हत्या भएको थियो ।

शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए । प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ ।



