दाङ — तुलसीपुरमा पानीमा डुबेर सोमबार एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवास्थित पानी भरिएको खोल्डामा डुबेर तुलसीपुर १ बयालेकोटका ४४ वर्षीय नुमप्रसाद भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

स्थानीयहरूले बिहान खाल्डोमा जमेको पानीमा भण्डारीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय