२२ असोज, काठमाडौं । दुई दिनदेखि प्रहरी हिरासतमा रहेका क्रिकेट स्टार सन्दीप लामिछाने हिरासतमा के गर्दै होलान् ? उनी हिरासतमा कसरी राखिएका होलान् ? धेरैलाई जिज्ञासा छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराका अनुसार चर्चित व्यक्ति हुँदैमा उनलाई फरक व्यवहार गरिएको छैन । ‘कानूनको नजरमा सबै समान हो, अन्य थुनुवा सरह व्यवहार गरिएको छ’, बोहोरा भन्छन् ।




