दाङमा गएरातिको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङ्गतर्फ जाँदै गरेको लु.४० प ४९२२ नम्बरको मोटरसाइकल मसुरियामा दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुने दुबै जना सशस्त्र प्रहरी बलका जवान हुन् । राप्ती गाउँपालिका ६ लठ्ठहवा निवासी ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षे लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरु बाढी पीडितको उद्धारमा खटिएका थिए । राति कार्यालय फर्किने क्रममा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल २९ नम्बर गणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय