धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सिट पाउने सहमति गरेका छन् ।

बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।

धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, धनुषा–३ मा एमालेकी जुली महतो र धनुषा–४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने भएका छन् ।

प्रदेश सभामा रहेको कूल ८ सिटमध्ये ४ सिट एमाले र ४ सिट जसपाले पाउने सहमति भएको छ । प्रदेश सभामा एमालेले धनुषा–१(क), धनुषा–१(ख), धनुषा–३(ख), धनुषा ४(ख) पाउने भएको छ ।

जसपाले धनुषा–२(क), धनुषा–२(ख), धनुषा–३(क) र धनुषा–४(क) पाउने भएको छ ।

एमाले परित्याग गरी जसपा प्रवेश गरेका गंगाराम यादवले प्रतिनिधिसभाको टिकट नपाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय