सिरहा । सिरहामा दशैंको विचमा नक्कली नेपाली नोटको कारोबार भैरहेको छ ।
सिरहाको कल्याणपुरमा तीन वटा नयाँ नेपाली एक हजारको नोट सहित एक जना नियन्त्रणमा प्रहरीले लिएको थियो । त्यस घटनासंगै सिरहामा शनिबार फेरि नक्कली नेपाली नोट सहित एक जना भारतीय नागरिकलाई नियन्त्रण लिएको छ । नरहा चौकमा एक पसलमा सामान किन्दा नक्कली नोट दिएर फरार भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको नरहा चौकमा सामान किनेपछि नक्कली नोट दिएपछि पसलेलाई शंका लागेपछि अर्को नोट दिन भन्दा पुनः अर्को पनि नोट नक्कली नै रहेको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरी चौकी नरहाबाट खटिएका प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
भारतको सितामढी घर भएका २३ वर्षीय मो. राजाउल्लासंग ३१ वटा नक्कली नेपाली हजारको नोट सहित पक्राउ गरेको प्रहरीले बताए । नरहा चौकमा पसलमा सामान किनेपछि रकम तिर्न नक्कली नोट दिएपछि मो. राजाउल्ला पक्राउ परेका हुन् ।

उनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । मो. राजाउल्लालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धा नचलाउने तयारी गरेको छ ।
उक्त कानुनी व्यवस्थाअनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
सिरहामा दशैं पर्वको विचमा खरिद बिक्री गर्न नयाँ नोटको प्रयोग गर्ने भएकोले नक्कली नोट कारोबार गर्नेहरु सक्रिय भएको छ । सिरहा प्रशासनले नक्कली नेपाली नोट कारोबारको जोखिम रहेको भन्दै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले चाडपर्वको बेला नक्कली नोट कारोबारीले ढग्ने सम्भावना रहेकोले सचेत र सजग हुँदै कुनै आशंका लागेमा स्थानीय प्रहरी र प्रशासनमा खबर गरिदिन आग्रह गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!