सिरहा । अगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिरहा जिल्लाबाट ४ लाख २२ हजार ७१२ जना मतदाता कायम भएका छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार पुरुष मतदातातर्फ २ लाख २४ हजार ९९, महिलातर्फ एक लाख ९८ हजार ६११ र तेस्रोलिङ्गीतर्फ २ जना मतदाता कायम भएका हो ।

चार संघीय निर्वाचन क्षेत्र र आठ प्रदेशसभा क्षेत्र रहेको सिरहा जिल्लामा कुल मतदान स्थल २ सय २१ र मतदान केन्द्र ५ सय ५ वटा कायम भएको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी कम्प्यूटर अपरेटर गणपति यादवले बताएका छन् । संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ५५ हजार ४ सय ८७, महिलातर्फ ५० हजार ७ सय १४ गरी एक लाख ६ हजार २०१ मतदाता छन् । यो क्षेत्रमा ५६ वटा मतदानस्थल र १२६ मतदान केन्द्र छन् ।
यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ५७ हजार ९ सय ८८, महिलातर्फ ४९ हजार ४ सय ७५ र तेस्रोलिङ्गी दुई गरी एक लाख ७ हजार ४६५ मतदाता छन् । यो क्षेत्रमा ५२ मतदानस्थल र एक सय तीस मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५७ हजार ८ सय ७७, महिलातर्फ ५१ हजार ३ सय ९४ गरी एक लाख ९ हजार २ सय ७१ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ५३ मतदानस्थल र एक सय २८ मतदान केन्द्र रहेको छ । क्षेत्र नं ४ मा पुरुषतर्फ ५२ हजार ७ सय ४७, महिला ४७ हजार २८ गरी ९९ हजार ७ सय ७५ मतदाता रहेको र ६० मतदानस्थल र एक सय २१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ३ मा र सबैभन्दा कम क्षेत्र नं. ४ मा रहेका छन् ।
यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क) मा पुरुष २५ हजार पाँच सय ९४, महिला २३ हजार ९ सय १५ गरी ४९ हजार पाँच सय ९ मतदाता छन् भने २६ वटा मतदानस्थल र ५७ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २९ हजार ८ सय ९३, महिला २६ हजार ७ सय ९९ गरी ५६ हजार छ सय ९२ मतदाता छन् भने ३० वटा मतदानस्थल र ६९ मतदान केन्द्र रहेको जनाइएको छ ।
क्षेत्र नं २ (क) मा पुरुष २९ हजार ७ सय ८७, महिला २४ हजार ७ सय ४४ गरी ५४ हजार ५ सय ३१ मतदाता रहेको र २६ मतदानस्थल तथा ६६ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २८ हजार २ सय १, महिला २४ हजार ७ सय ३१, तेस्रोलिङ्गी दुई गरी ५२ हजार ९ सय ३४ मतदाता रहेको र २६ वटा मतदानस्थल र ६४ मतदान केन्द्र छन् ।

क्षेत्र नं ३ (क) मा पुरुष २७ हजार नौ सय २१, महिला २४ हजार ७ सय ९३ गरी ५२ हजार ७ सय १४ मतदाता छन् भने २४ मतदानस्थल र ६१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख) मा पुरुष २९ हजार ९ सय ५६, महिला २६ हजार छ सय एक गरी ५६ हजार ५ सय ५७ मतदाता, २९ मतदानस्थल र ६७ मतदान केन्द्र रहेको छ ।
क्षेत्र नं ४ (क) मा पुरुष २६ हजार २८, महिला २३ हजार ३ सय ७२ गरी ४९ हजार ४ सय मतदाता, २८ मतदानस्थल र ६० मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख) मा पुरुष २६ हजार ७ सय १९, महिला २३ हजार ६ सय ५६ गरी ५० हजार ३ सय ७५ मतदाता, ३२ मतदानस्थल र ६१ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय