सिरहा । सिरहामा साताव्यापी विश्व रेविज दिवस मनाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले असोज ६ देखि १२ सम्म साताव्यापी विश्व रेविज दिवस
मनाईएको छ ।
दिवसको नारा ‘एक स्वास्थ्य अबलम्बन, शून्य निधन’ भन्ने रहेको थियो । दिवसको अवसरमा सिरहामा कुकुरले टोकेको १० वटा बाख्रा, ३ वटा गाई, ५ वटा भैंसीको समस्या समाधान गरेको, निःशुल्क रेविज रोग विरुद्ध खोप र जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । त्यस्तै केन्द्रले ओजेटीका परिक्षार्थीहरुलाई हाजरी जवाफ प्रतियोगिता गराई पुरस्कार प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख सन्तोष कुमार सिंहले बताएका छन् ।




