सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले बालबालिकामाथि हुन सक्ने अपराधकर्मलाई रोक्न निगरानी जरुरी भएको बताएका छन् । सिरहामा आयोजित बालबालिका र नीति निर्माणकर्तासँग अन्तरपुस्ता संवाद कार्यक्रममा बोल्दै मेयर डा यादवले किशोर किशोरीमाथि घरपरिवारले पनि निगरानी वढाउनु पर्ने बताएका छन् । सिरहा नगरपालिकाले बालबालिकामाथि हुन सक्ने यौनजन्य अपराधलाई रोक्न अभियान अगाडी बढाउने भन्दै मेयर डा यादवले विद्यालय, शिक्षालय, मेला लगायतका स्थानमा किशोरकिशोरीमाथि निगरानी गर्नुपर्ने बताएका छन् । किशोरीमाथि यौनजन्य आक्रमणका घटनासँगै युवाहरुमा लागुऔषधको सेवन पनि बढेको भन्दै त्यसलाई रोक्नको निम्ति पनि घरपरिवार अगाडी बढ्नु पर्ने मेयर डा यादवले बताएका छन् ।
संवाद कार्यक्रममा चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले यौनजन्य घटनावारेमा प्रस्तुती समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय