सिरहा । सिरहा उद्योग वाणिज्य संघ सिरहाले दशैं अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघले विजया दशमी, दिपावली र छठपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निवर्तमान कार्यसमितिलाई विदाई पनि गरेको छ ।

केही महिना अगाडी सम्पन्न भएको सिरहा उद्योग वाणिज्य संघको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । पूरानो कार्य समितिलाइ विदाई गर्न आयोजित कार्यक्रममा संघले दोसल्ला, फूलमाला र कदरपत्र सहित पूराना कार्य समितिलाई विदाई गरेको हो ।
सिरहा उद्योग वाणिज्य संघको अध्यक्ष अमरनाथ साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव, अर्नामा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादव, सिरहा उधोग वाणिज्य संघ सिरहाका सल्लाहकार तथा जिल्ला अदालत बार ईकाइ सिरहाका अध्यक्ष अधिवक्ता बिरेन्द्र कुमार सिंह, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिना, अधिवक्ता गोपी प्रसाद सिंह लगायत सहभागी भएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सदरमुकामको मुख्य सडक छठपर्वपछि खाली गराउने बताएका छन् । सडक डिभिजन कार्यालयको मापदण्ड अनुसार १५÷१५ मिटर क्षेत्र खाली गराउने बताएका छन् । सिरहालाई सफा, सुन्दर र स्वच्छ बनाउन आफ्नो पहिलो प्राथमिकता रहेकोले त्यसै अनुसार काम गर्ने बताएका
छन् ।
कार्यक्रममा पूर्वअध्यक्ष प्रमोद पोद्दार लगायतका सम्पूर्ण पदाधिकारीलाई विदाई गरिएको उद्योग वाणिज्य संघका सदस्य सोनु कुमार महराले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय