जनकपुरधाम- सवारी दुर्घटनामा परेर मधेस प्रदेशमा दुई महिनामा ६३ जनाले ज्यान गुमाएका छन्।
विभिन्न जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा ८ हजार ९४४ वटा सवारी दुर्घटना हुँदा ११ महिला र ४७ पुरुष, ३ बालक र २ बालिका गरी ६३ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

यस्तै, सो दुर्घटनाहरूमा परेर १ हजार ४९९ जना घाइते भएका छन्। घाइते हुनेमा १ हजार २ जना पुरुष रहेका छन् भने २७४ महिला र २२३ जना बालबालिका रहेका छन्।
प्रहरीले यस अवधिमा ४७ हजार ९६ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



