जनकपुरधाम । जनकपुरधाममा दसैँको रौनक सुरु भएको छ ।
दसैँको लागि यहाँको शक्तिपीठ मन्दिरहरू विभिन्न प्रकारले सजाइएको छ । फूल र पण्डालले ठाउँ–ठाउँमा स्वागतद्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरू लगाएर भव्य बनाइएको छ ।


राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा निकै आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरू पनि झकिझकाउ बनाइएका छन् ।
1664187564.jpeg)
आजदेखि बडा दसैँ सुरु भएको छ । यी मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड पनि लागेको छ ।
1664187564.jpeg)
यस क्षेत्रमा दसैँमा देवी दुर्गाको माटोको प्रतिमा स्थापना गरी भव्य पण्डाल बनाएर दसैँ मनाइने चलन छ ।

दसैँ तयारीका लागि रामानन्द चौक, मुरली चौक, भ्रमरपुरा चोक, रजौल सहितका स्थानहरुमा भव्य प्रतिमाहरू बनाइएका छन् । दसैँ अवधिभर नगरक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
1664187566.jpeg)
1664187567.jpeg)
1664187565.jpeg)




