जनकपुरधाम । जनकपुरधाममा दसैँको रौनक सुरु भएको छ ।

दसैँको लागि यहाँको शक्तिपीठ मन्दिरहरू विभिन्न प्रकारले सजाइएको छ । फूल र पण्डालले ठाउँ–ठाउँमा स्वागतद्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरू लगाएर भव्य बनाइएको छ ।

WhatsApp Image 2022-09-26 at 12.01.551664187565.jpeg

राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा निकै आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरू पनि झकिझकाउ बनाइएका छन् ।

WhatsApp Image 2022-09-26 at 12.01.53 (1)1664187564.jpeg

आजदेखि बडा दसैँ सुरु भएको छ । यी मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड पनि लागेको छ ।

WhatsApp Image 2022-09-26 at 12.01.54 (1)1664187564.jpeg

यस क्षेत्रमा दसैँमा देवी दुर्गाको माटोको प्रतिमा स्थापना गरी भव्य पण्डाल बनाएर दसैँ मनाइने चलन छ ।

WhatsApp Image 2022-09-26 at 12.01.561664187566.jpeg

दसैँ तयारीका लागि रामानन्द चौक, मुरली चौक, भ्रमरपुरा चोक, रजौल सहितका स्थानहरुमा भव्य प्रतिमाहरू बनाइएका छन् । दसैँ अवधिभर नगरक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

WhatsApp Image 2022-09-26 at 12.01.55 (2)1664187566.jpeg

WhatsApp Image 2022-09-26 at 12.01.55 (1)1664187567.jpeg

WhatsApp Image 2022-09-26 at 12.01.54 (2)1664187565.jpegWhatsApp Image 2022-09-26 at 12.01.521664187563.jpeg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!