काठमाडौं : प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरोले चलाएको विशेष अप्रेसनमा विभिन्न लागुऔषधसहित त्यसको कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।

व्यूरोले भदौ २१ देखि २६ गते सम्म लागुऔषध कारोबारीविरुद्ध विशेष अप्रेसन चलाएको थियो । व्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै सो अवधीमा ५० दशमल ५ ग्राम खैरो हिरोइन,नियन्त्रीत लागुऔषध एम्पुल १२ हजार ७ सय ५८ वटा,लागुऔषध गाँजा १ किलो ३ सय ३० ग्राम बरामद गरेको जनाएको छ ।

सो लागुऔधष कारोबारमा संलग्न गरिएका दुईवटा सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले लागुऔषध कारोबारीले प्रयोग गर्ने यात्रुवहाक बस र बलेरो जीप नियन्त्रणमा लिएको बताएको छ ।

प्रहरीले इलामका खैरो हिरोइनको कारोबारमा संलग्न संजीव राई र सुजन हेल्मुलाई पक्राउ गरेको हो । राईले भारतबाट खैरो हिरोइन ल्याएर हेल्मुलाई दिन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

 प्रहरीले लागुऔषध एम्पुलको कारोबारमा संलग्न काभ्रेका अर्जुन ढकाल,  बाराका अजय महतो र रामबहादुर तिमिल्सीनालाई पनि पक्राउ गरेको हो । यस्तै, खैरो हिराइनको कारोबारमा संलग्न भइ फरार रहेका इलामका सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो  ।

प्रहरीले डिल्लीबजारस्थित हुलाकको कार्यलयबाट समेत गाँजा बरामद गरेको छ । अमेरिका आएको पार्सलमा १ किलो ३ सय ३० ग्राम गाँजा आएको छ । मनोज राई भन्ने व्यक्तिको नाममा अमेरिकाबाट गाँजा आएको प्रहरीले  जनाएको  छ।  उनलाई भदौं २० मा नै लागुऔषध व्युरोले पक्राउ गरेको थियो ।

राई हिरासतमै भएका बेला पुनः उनकै नाममा अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय