सिरहा । सिरहा प्रहरीले प्रेकार्ड झुण्ड्याएका दुई युवकलाई लागु ओषध सहित पक्राउ गरेको छ । जिल्लाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सिरिहा नपा १४ नेमचन्द चौकबाट उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्रीलाई प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारततिरबाट स. ९ प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय