काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाएको छ। महानगरले अवैध संरचना हटाउनको लागि पटक–पटक निर्देशन दिए पनि अटेरी गरेपछि महानगरले आज ती संरचना हटाएको हो।

सो क्षेत्रमा औषधि पसल संचालनमा रहेको थियो। महानगरको डोजरले अवैध संरचना हटाएको छ।

फार्मेसी हटाउन महानगरले आज दिउँसो १ बजेसम्मको समयसीमा दिएको थियो। उक्त समयावधिमा पसल र टहरा नहटाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय