प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटिङ मोटरसाइकल हस्तान्तरण गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए।

यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अपराध न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। मन्त्री कार्कीले सुरक्षाकर्मीलाई स्रोतसाधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै ससाना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताए।

मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सीसी क्यामेरा जडान गरिरहेको बताए।

‘मेची, कोसी तथा रानी, धरान खण्डमा सीसी क्यामेरा जडानको अभियानमा छौँ’, उनले भने, ‘प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन पाउँदैन।’

मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरीले ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेका बेला प्रदेश सरकारको सहयोगले राहत भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!