ADVERTISEMENT
समाचार

रुसलाई हतियार नदिएकाे उत्तर काेरियाकाे दाबी, गलत हल्ला नफैलाउन अमेरिकालाई चेतावनी

ADVERTISEMENT
ADVERTISEMENT

युक्रेन युद्धका लागि रुसलाई कहिल्यै पनि हतियार आपूर्ति नगरेको र त्यस्तो योजना पनि नभएको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाएका थिए ।

ADVERTISEMENT

त्यसको खण्डन गर्दै बिहीबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जारी गरेको विज्ञप्तिमा एक अज्ञात उत्तर कोरियाली रक्षा अधिकारीले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाले प्योंगयांग र मस्कोबीच हतियारको कारोबारको अफवाह फैलाइरहेका छन् । हामी अमेरिकालाई उत्तर कोरिया विरोधी बयानबाजी फैलाएकोमा कडा निन्दा र चेतावनी दिन्छौँ ।’

‘हामीले रुसमा पहिले कहिल्यै हतियार वा गोला बारुद निर्यात गरेका छैनौँ र निर्यात गर्ने योजनामा पनि छैनौँ’, ती अधिकारीले थपे । अमेरिकी विदेश विभागका उपप्रवक्ता वेदान्त पटेलले रुसले युक्रेनमा प्रयोगको लागि उत्तर कोरियाबाट लाखौँ रकेट र आर्टिलरी गोलाहरू खरिद गर्ने प्रक्रियामा रहेको आरोप लगाएका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!