
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले महामारीकै रुपमा फैलिन लागेको डेंगुबाट जोगिन साबधानी अपाउन स्थानीय प्रशासनले अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले डेंगु रोगबाट जोगिन र फैलिन नदिन विशेष साबधानी अपनाउनु पर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लामखुट्टेको टोकाईबाट बच्ने, झुल टाँगेर मात्र सुत्ने, पूरा बाहुला भएको शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टेको बृद्धि विकास रोक्न आफ्नो घर, कार्यालय वा सार्वजनिक ठाउँ वरिपरीका पानी जम्ने खाल्डाखुल्डी पुर्ने र घरमा पानी जम्ने, भाँडाकुँडा, फलदानी, गमला इत्यादीबाट तुरुन्तै पानी पोख्ने र सफा राख्नु पर्ने उल्लेख गरेका छन् ।