ADVERTISEMENT
प्रदेश नं २समाचार

राष्ट्रपतिको राजिनामा माग गर्दै सिरहामा युवाहरुको प्रर्दशन

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । संसदबाट दुई पटक बहुमतले पारित गरिएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण नगरेको भन्दै युवाहरुले सिरहामा विरोध प्रर्दशन गरेको छ ।

ADVERTISEMENT

संविधानको उलंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गर्दै युवाहरुले सदरमुकाम सिरहामा प्रर्दशन गरेको छ । ‘नागरिकता विधेयक जारी गर, संविधान विपरीतको कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी राजिनामा दे, नागरिक नागरिकवीचको विभेद अन्त गर’ लगायतका नारा सहित युवाहरुले प्रर्दशन गरेका छन् । स्थानीय युवा जितेश कर्णले राष्ट्रपतिले नागरिका विधेयक पारित नगरी देशलाई द्वन्दमा थकेल्ने काम गरेको बताएका छन् । विरोधमा उत्रिएका स्थानीय युवा अरुण कुमार यादवले राष्ट्रपतिले संविधानको उलंघन गरी संविधानलाई नै धरापमा पारेको दावी गरेका छन् ।

विरोधमा उत्रिएका अर्का युवा प्रमोद यादवले नेपाली नेपालीवीचमा विभेदको वर्तमान अवस्था अन्त गर्न महत्वपूर्ण रहेको नागरिकता विधेयक जारी गर्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रपतिले गम्भीर उलंघन गरेको भन्दै उनले अदालतले निकास दिनुपर्ने बताएका छन् । जसपाका स्थानीय नेता समेत रहेका शम्भू साहले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गम्भीर षडयन्त्र भएको बताएका छन् । नेकपा एमालेको कठपुतली झैं राष्ट्रपतिले आफ्नो भूमिका निर्वाह गरेको भन्दै नेता साहले यो निन्दनीय कार्य रहेकोले अविलम्ब फिर्ता लिने गरी र नागरिकता विधेयक अदातलको माध्यमबाट भएपनि कार्यान्वयनमा ल्याउने वातावरण बनाउनु पर्ने बताए ।

सिरहाको कसहा र मिर्चैमा पनि विरोध प्रर्दशन
यस्तै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेरका प्रर्दशन गरेको छ । वुधवार विहान सिरहाको मिर्चैया र कसहामा पूर्वपश्चिम राजमार्गमै टायर बालेर प्रर्दशन गरेका छन् । यस्तै जिल्लाको विभिन्न स्थानमा विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेको छ । सिरहाको गोलबजार, चोहर्वा, औरही, लहान, नवराजपुर लगायतका क्षेत्रमा विरोध प्रर्दशन गरिएको छ । लोसपा, जसपा, माओवादी केन्द्र आबद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले प्रर्दशन गरेको हो ।
उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामाको माग गरेका छन् ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!