सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको औरहीमा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

औरहीको सुन्दर जनता माध्यमिक विद्यालयको खेल मौदानमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरि स्थानीय नेता कार्यकर्ता जनमत पार्टी प्रवेश गरेको छ । क्षेत्रिय समितिले आयोजना गरेको सभामा जनता समाजवादी पार्टी परित्याग गरि पूर्व वडा अध्यक्ष उपेन्द्र प्रसाद यादव लगायतका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको हो ।

पार्टीको केन्द्रिय सचिव संजय कुमार यादवको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथी समेत रहेका पार्टीका अध्यक्ष डा. सिके राउतले अन्य दलवाट जनमत पार्टी प्रवेश गर्नेलाई फूलमालाले स्वागत गरेका थिए । उक्त सभामा पार्टीका विशिष्ठ अतिथीका रुपमा केन्द्रिय उपाध्यक्ष अब्दुल खानको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय