ADVERTISEMENT
खेलकुदसमाचार

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

ADVERTISEMENT
ADVERTISEMENT

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् ।

ADVERTISEMENT

जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधु कुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी रहेकी छिन् ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!