सिरहा । सदरमुकाम सिरहामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको संयोजनमा नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीले चाडपर्वलाई लक्षित गरेर मंगलबारबाट बजार अनुगमन सुरु गरिएको बताए ।
उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सिरहा, सिरहा नगरपालिका, सिरहा उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार÷पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने प्रशासकीय अधिकृत चन्द्रवंशीले बताए ।
सदरमुकाम सिरहा सहित जिल्लाका अन्य पालिका तथा बजारमा अनुगमन टोली खटाउने योजना रहेको उनले बताए ।




