तराई मधेशमा ‘बजरंगी भाइजान’ को नामबाट परिचित सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका हुन् ।
विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।

साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् । उनले आगामी चुनावमा सर्लाही–३ (ख) बाट स्वतन्त्र उम्मेदवार तयारी गरिरहेका छन् ।



