सिरहा । सिरहामा पुरुषको शव फेला परेको छ ।
सिरहा नगरपालिका वडा नं. १९ सन्हैठामा आज बिहान खाल्डोमा एक पुरुषको शव फेला परेको छ ।

आज बिहान स्थानीयहरु खेत जादा बाटो बनाउन खनेको (खाल्डो) मा शव हेरेको स्थानीय हेमनारायण यादवले बताए । तर सशस्त्र प्रहरी बल नेपाल, गण नं. ७ हे.क्वा.सिरहाको कार्यालय भन्दा करिब १/२ किलोमिटरको छेउमै रहेपनि हाल सम्म न सशस्त्र प्रहरी न नेपाल प्रहरी पुग्न सकेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा बुझ्दा आफुहरुलाई थाहा नभएको बताए । संचारर्कीले जानकारी गराएपछि नेपाल प्रहरीको टोली घटना स्थलतर्फ लागेको हो ।
नेपाल प्रहरीको टोली घटना स्थल पुगेपछि मात्र शव पानीबाट निकालेर पहिचान हुने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्त डिएसपी सुवास बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय