काठमाडौं । महाअभियोग पुष्टि नभएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा आज सर्वाेच्च अदालत जान लागेका छन् ।
जवरा सर्वोच्च अदालत प्रवेश गर्ने भएपछि अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । महाभियोग सिफारिस समितिमा बयान दिएपनि आफूमाथि लागेको महाअभियोग पुष्टि नभएको भन्दै जवरा सर्वोच्च अदालतमा हाजिर हुन लागेका छन् । जवरा सर्वोच्च अदालत आउने भएसँगै अदालत परिसरमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

प्रतिनिधिसभाको हिजो रातिबाट कार्यकाल सकिएको र आफूविरुद्धको महाभियोग टुंगोमा नपुगेपछि चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन सर्वोच्चका रजिष्ट्रारलाई शनिबारै भनेका थिए ।
सोही अनुसार आज आइतबार राणा सर्वोच्च जाने तयारीमा रहेका छन् । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।
जबराको यो तयारीको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।



