ADVERTISEMENT
राजनीतिसमाचार

रेणु फर्किन् जसपामा, कार्यकारिणी समितिको बैठकमा सहभागी

ADVERTISEMENT
ADVERTISEMENT

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट दिएको राजीनामा फिर्ता लिएकी छन् । राजीनामा फिर्ता लिएपछि शुक्रबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा उपस्थित पनि भएकी हुन् ।

ADVERTISEMENT

मन्त्रीबाट हटाएपछि असन्तुष्ट भएर उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिइसकेपछि बसेको जसपाको बैठकले उनलाई कार्यकारिणीबाट हटाएर केन्द्रीय सदस्यमा मात्र राखेको थियो । उनलाई पार्टीमा फर्किन दवाव आएपनि उनी मानिरहेकी थिइनन् । उनी एमालेलगायत अन्य विभिन्न दलहरूसँग कुराकानी गरिरहेका थिइन् । अरु पार्टीमा प्रवेश गर्ने तयारी चलिरहँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वयं उनलाई पार्टीमा फर्काउन प्रयास गरेका थिए ।

सोही प्रयास स्वरुप उनले आफ्नो राजीनामा फिर्ता लिएकी छिन् । उनी आजको कार्यकारिणी समितिको बैठकमा सहभागी भएकी छन् । स्रोतले भन्यो, ‘आजको बैठकले उनलाई कार्यकारिणीमा राख्नेछ ।’ बैठकले समानुपातिक उम्मेदवारको सूचीको बारेमा पनि छलफल गर्ने बताइएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!