सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बिहान सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।

सिरहाले गोलबजार नगरपालिका ८ चोहर्वास्थित नमूना जनता मावि प्राङ्गनमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष ओली हुनेछन् । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जनाए छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकिकृत समाजवादी लगायतका पार्टीबाट ठूलो संख्यामा एमाले प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

उनले अन्य पार्टीबाट शीर्ष नेताहरु को को एमालेमा प्रवेश गर्ने विषयमा केही बताउन चाहेनन् । तर विभिन्न पार्टीका कार्यकर्ता मात्र होइन, नेताहरु पनि एमालेमा प्रवेश गर्दैछन् । तर उहाँहरुको नाम मञ्चबाटै सार्वजनिक गर्छौ जिल्ला अध्यक्ष मण्डलले बताए । स्रोतका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता शुक्रवार एमालेमा प्रवेश गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय