यसो हुँदा राष्ट्रपति र पाँच दलको ‘इगो’ समेत केही हदसम्म मालिस भई वर्तमान अन्योलले निकास पाउनेछ । नागरिकता कानुन पास भएको समाचार सुन्न पर्खिएर बसेका ‘अनागरिक’लाई संविधान दिवसको अवसरमा यो एउटा उपहार पनि हुनेछ ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक फेरि राष्ट्रपति कार्यालय पुगेको पनि ९ दिन नाघ्यो ।

राष्ट्रपतिको सन्देशमाथि प्रतिनिधिसभामा सामान्य छलफल र राष्ट्रिय सभाको विधायन समितिमा औपचारिक छलफल भयो । तर, राष्ट्रपतिको सन्देश माथि कुनै सुनुवाइ भएन, दुवै सदनले संशोधन विधेयक जस्ताको तस्तै पास गरेर पठाए । आगामी एक हप्ताभित्रमा त्यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय