जोर्डनको राजधानी अम्मानमा एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
भत्किएको भवनमा केही मानिस फसेका छन् । एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए ।

नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन ।



