सिरहा । सिरहाको गोलबजारमा मोटरसाइकल र हाईस ठोकिदा मोरसाइकलमा सवार ३ जना घाइते भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजारस्थित एबी मल नजिक पूर्वबाट पश्चिम आउँदै गरेको स ७ प् २७१८ नम्बरको मोटरसाइकल र पश्चिबाट पूर्वजाँदैगरेको प्रदेश –०१–००६ ख ३०९८ हाइस आपसमा ठोकिदा मोटरसाइकलमा सवार गोलबजार नपा १ बलडाँडाका २१ वर्षिय बद्रीनारायण मोची, २७ वर्षिय संजय महरा र १९ वर्षिय सन्तोष राम घाइते भएका हुन् ।

उनीहरु पैसा झिक्न बैंक आउँदै गरेको बेला अचानक मोटरसाइकलको टायर पञ्चड भई मोटरसाइकल अनियन्त्रीत हुँदा हाईसमा ठोकिन पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घाइतेहरुको उपचार स्थानीय भूमीजा हस्पिटलमा भइरहेको छ। घाइतेमध्ये बद्रीनारायण मोचीको अवस्था गम्भिर रहेको भन्दै थप उपचारको लागि बिराटनगरको लागि रेफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय