सिरहा । सिरहामा नीजि विद्यालय विद्यार्थीमाथि पटक पटक भईरह्ने यातनाको घटनाहरु वाहिरिने गर्छ । राम्रो पठनपाठन होस् भन्दै अभिभावकहरुले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा मोटो रकम बुझाउने गर्छन् । तर नीजि विद्यालयमा विद्यार्थीमाथि पनि चरम शोषण हुने गरेको पाईन्छ । यस्तो शोषण छ्याप्छ्याप्ती पाईन्छ । तर त्यो वाहिरिने गरेको छैन् ।

यस्तैमध्येको एक हो सिरहाको मिर्चैयामा रहेको ह्वाईट् हाउस इग्लिस बोडिङ स्कूल । त्यस विद्यालयको कक्षा १० मा अध्ययनरत एक जना विद्यार्थीले खानामा भईरहेको मनोपरी विरुद्धमा गुनासो गरेपछि सार्वजनिक रुपमा सडकमा कुटाई खान पुगेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ का आनन्द यादव कक्षा १० मा अध्ययनरत छन् । होस्टेलमा बस्दै आएका यादवले विद्यालयका प्रिन्सिपललाई खानामा भईरहेको बदमासीबारेमा गुनासो गरेका थिए । आनन्द लगायतका होस्टेलमा बस्दै आएका विद्यार्थीहरुले खानामा सुधार गर्न आग्रह गरेपनि सोही विद्यालयका शिक्षक श्रवण साहले विद्यार्थीलाई कुटपिट गरेका छन् ।

आफूहरुमाथि भएको कुटपिटको गुनासो विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैयामा गर्न गईरहेको बेला शिक्षक साहले विद्यालय बाहिरका युवाहरुलाई भेला गरी पुनः विद्यार्थीहरुलाई कुटपिट गरेको छ । मोटरसाईकलको हेलमेट लगायतले कुटपिट गरेपछि स्थानियले आफूहरुलाई जोगाएको कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी रोशन यादवले बताएका छन् । शिक्षक र शिक्षकको अगुवाईमा विद्यालय बाहिरका व्यक्तिको कुटपिटबाट आनन्द घाईते भएका छन् । मिर्चैया स्थित स्वास्थ्य संस्थामा उपचार गराएर घर लगिएको र थप गराउन अन्यत्र लगिने विद्यार्थीका बुवा राम शरण यादवले बताएका छन् ।

यता घटनावारेमा विद्यालयका प्रिन्सिपल कृष्ण गोपाल विसीले घटना दुर्घटनापूर्ण र पहिलो पटक भएको बताएका छन् । खानाको विषयमा भएको कुटपिटलाई मोड्न खोज्दै प्रिन्सिपल विसीले विद्यार्थी र शिक्षक वीचमा झगडा नहुनुपर्ने बताएका छन् ।
‘हामीलाई जानकारी हुने वितिकै फाउन्डर मनोज साहलाई पठाएर विद्यार्थी र शिक्षकलाई लिएर गएको छ,’ उनले भने,‘अब फाउन्डरहरुको बैठकबाट आवश्यक निर्णय हुन्छ ।’
यता इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर ओलीले विद्यालयका शिक्षकले बाहिरको मान्छे बोलाएर विद्यार्थीलाई कुटेको र विद्यार्थीहरु इलाका प्रहरी कार्यालय मिर्चैयामा आएको भनेर जानकारी गराएको तर प्रिन्सीपल विसीले गैर जिम्मेवार रुपले विद्यार्थीलाई हप्कारएर पठाइदिन जवाफ आएको बताए ।
विद्यार्थीहरुलाई हप्काएर पठाउन भनेपछि विद्यार्थीहरु यही नाराबाजी गरेको भन्दै उनले कुटपिट गर्ने शिक्षकलाई नियन्त्रणमा लिएको बताए ।

कानुन अनुसार कुनै निवेदन वा जाहेरी नआएको भन्दै उनले विद्यालय–अभिभावक विच सहमतिको प्रयास भइरहेको बताएकाछन् । प्रहरीमा कुनै जाहेरी आए कानून अनुसार अनुसन्धान गरी प्रकृया अगाडी बढाउने उनले बताए । तर, साँझ सम्म कुनै जाहेरी नआएकोले पुनः भोली मंगलबार छलफलको लागि आउने गरी नियन्त्रण लिएका शिक्षक श्रवण साहलाई विद्यालयको प्रिन्सीपल विसीलाई जिम्मा लगाइएको बताए ।
यस अघि सिरहाको मिर्चैयामा रहेको स्वस्तिक पाठशालामा होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीको हात भाच्चिने गरी कुटपिट गरेको थियो । त्यस्तै मिर्चैयामा रहेको सगरमाथा माध्यमिक विद्यालयले पनि विद्यार्थीमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!