पर्सा — मोटरसाइकलको ठक्करबाट पटेर्वासुगौली गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । आइतबार राति साढे ९ बजे पटेर्वासुगौली गाउँपालिका वडा नं १ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४५ वर्षीया फूलमती देवी खातुनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते अवस्थामा रहेकी फूलमती देवी खातुनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालयको टोलीले उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा पुर्‍याएको थियो । साथै उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको थियो ।

दुर्घटनापछि मोटरसाइकल र चालक पटेर्वासुगौली–१ कै ३५ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय