उनका अनुसार पक्राउ पर्नेहरूमा पोखरा- ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, सोही ठाउँमा बस्ने ३५ वर्षीय रूपक बस्नेत, पोखरा- १३ मियाँपाटन बस्ने ४४ वर्षीय सूर्यकुमारी गुरुङ, बागलुङ जैमिनी हाल पोखरा- ११ फूलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा- ७ बस्ने ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा- ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा- १३ बस्ने ४० वर्षीय आश गुरुङ र लमजुङ राइनास घर भई पोखरा- १० बस्ने ४४ वर्षीया कमला गुरुङ रहेका छन्।

उनीहरूलाई हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी तिवारीले बताए।



