ADVERTISEMENT
प्रदेश नं २समाचारसुरक्षा/अपराध

स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ गरेको छ ।

ADVERTISEMENT

पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेकजाँच गरेको थियो । उनले लगाएको जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!