न्युयोर्क । २१ वर्षअघि आजकै दिन अमेरिकास्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतंककारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरियो ।
पुष्पहार चढाएर तथा मैनबत्ती बालेर दिवंगतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ । देशका विभिन्न भागमा पनि दिवंगतहरूको सम्झनामा स्मृतिसभा गरिँदै छ ।

आतंकवादी संगठन अलकायदासम्बद्ध १९ आतंककारीले चारवटा व्यावसायिक विमान अपहरण गरेर जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए । रासस/एपी



