ADVERTISEMENT
प्रदेश नं २समाचारसुरक्षा/अपराध

अवैध भारतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा

ADVERTISEMENT
ADVERTISEMENT

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट अवैध भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । तीन दिनको ईजाजत पत्र बनाई ११८ दिनसम्म राखिएको कार नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

भदौ २१ गते दिउँसो साढे २ बजे वीरगञ्ज–१६ भन्सार रोडमा बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीलाई देख्ने वित्तिकै कार छोडेर चालक भागे ।

बीआर ०६ एभी ५९१४ नम्बरको सेतो कार चेकजाँच गर्दा गौर भन्सार कार्यालय रौतहटबाट बैशाख २६ गतेदेखि २८ गतेसम्मको इजाजत पत्र बनाई नेपाल प्रवेश गरी १ सय १८ दिन नेपालमै राखिएको रहेछ ।

कारको मुल्य २० लाख रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल १३ नं गणका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!