सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले चाडपर्व लक्षित गरि थप सुरक्षा तथा खाद्य व्यवस्थापन सहज गर्ने निर्णय गरेको छ । सिरहाका सहकाय प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार चाडपर्वको बेलामा खुद्रा तथा थोक पसलहरुले अखाद्य समानमा धेरै मुनाफा लिएर बेच्ने गरेकोमा प्रत्येक वर्ष झै यस वर्ष पनि अनुगमन गरी कारवाही गर्ने र थप शान्तिसुरक्षाको सक्रिय पार्ने जस्ता निर्णय भएका छन् । गृह मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन शाखाको निर्देशन भए बमोजिम जिल्लाभर बस्तु तथा सेवाको आपूर्तिको व्यवस्थापन सहज, सुलभ र पहुँचयोग्य बनाउन उद्योग बाणिज्य संघले आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
बजारमा वस्तुको मूल्यमा विविधता हुने, कालोबजारी हुने, जम्मा खोरी हुने जस्ता सम्भावनालाई मध्यनजर गरी यस्ता गैरकानूनी कार्यहुनबाट रोक्न सम्बन्धित सबै पक्षले सहयोग गर्ने ।
पालिकाहरुको नेतृत्वमा हुने बजार अनुगमन वा बाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने बजार अनुगमनमा उद्योग बाणिज्य संघ, उपभोक्ता अधिकार मंच, नेपाल प्रहरी, पत्रकार महासंघ, नागरिक समाजका अध्यक्ष/सदस्यहरु समेत उपस्थित भई संयुक्त रुपमा बजार अनुगमन गर्ने ।

जिल्लास्थित सबै उद्योग बाणिज्य संघले आवश्यक पहल गरी गरीव र निमुखा नागरिकलाई लक्षित गरी खद्यान सम्बन्धी सुपथ मूल्यका पसल संचालन गर्न पहल गर्ने । सुपथ मूल्य लगायतका सबै पसल होटल रेष्टुरेन्टमा मूल्य सूची टाँस गर्न लगाउने निर्णय गरेको छ ।
यसैगरी, कोभिड नियन्त्रणमा रहेको र चाडपर्वका सन्दर्भमा मानिसको आवागमन बढ्न जाने भएकोले होटल व्यवसाय वेलुकी (९+१) १०ः०० बजेसम्म संचालन गर्ने ।
व्यवसायमा प्रयोग भै आएको प्रचलनमा रहेको नापतौलका लागि सम्बन्धित निकायमा पत्राचार गरी समय समयमा नविकरणका लागि अनुरोध गर्ने ।
सुनचाँदि व्यवसायीको हकमा सिसीटिभी क्यामरा जडान गर्न जिल्ला प्रशासन कार्यालय बाट अनिवार्य स्वीकृती लिने र जिल्ला प्रहरी कार्यालयमा जानकारी दिने जस्ता निर्णय गरेको छ ।



