सिरहा । आगामी मंसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा क्षेत्र नं. १ बाट रामशङ्कर यादव र सिरहा क्षेत्र नं. ३ बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस हुनु भएका छन् ।


भदौ १९ गते सिरहा क्षेत्र नं. १ निर्वाचन समन्वय समितिको भगवानपुरमा बसेको बैठकले राम शङ्कर यादवको एकल नाम सिफारिस भएको थियो । गङ्गा प्रसाद यादवले त्याग देखाएपछि रामशङ्कर यादव सर्वसम्मत रुपमा सिफारिस हुनु भएको थियो ।
सिरहा क्षेत्र नं. ३ निर्वाचन समन्वय समितिको भदौ २० गते बसेको बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको एकल नाम सिफारिस भएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । गठबन्धनमा उम्मेदवारहरुको सिफारिस गर्न रसाकसी भइरहेको बेला एमालेले धमाधम। उम्मेदवारको सिफारिस गरेर चुनावी माहोल बनाउन अघि देखिएको छ ।



