जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन् । शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका झाले आफू महोत्तरी क्षेत्र नम्बर ३ बाटै चुनावको तयारी गरिरहेको बताएका छन् ।

क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय