October 14, 2019, Atlanta, GA. Human Rights Defenders Forum at the Carter Center. Photo by M./ Schwarz/The Carter Center

जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् ।

राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।

२०७४ को निर्वाचनमा महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय