मिटरब्याजबाट पीडितहरुले राजधानीमै आन्दोलन चर्काएपछि सरकारले २८ साउनमा सूचना जारी गर्दै ५ भदौसम्म उजुरी दिन गरेको आह्वान अनुरुप सिरहा जिल्लामा दुई सय ८९ वटा उजुरी दर्ता भएका छन् । 

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट आएका दुई सय ८९ जना मिटरब्याज पीडितहरुले तोकिएको ढाँचामा उजुरी दिएको जानकारी दिए । दर्ता भएका उजुरीहरुको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र चन्द्रवंशीको नेतत्वमा पाँच जना कर्मचारीहरुले अध्ययन गरिरहेको प्रजिअ कवारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय